मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौं मेयर्स–११ को टोली ५ विकेटले पराजित


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन २४, २०७७
  • 320
    SHARES

काठमाडौं, २४ फागुन। बागमती प्रदेशमाथि रोमाञ्चक जित निकालेको काठमाडौं मेयर्स–११ को टोली राजधानीमा जारी मेयर्सकप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार त्रिभुवन आर्मीसँग पराजित भएको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा १ सय ५६ रनको लक्ष्य पछ्याएको आर्मीले २३.५ ओभरमा ५ विकेट गुमाएर गर्दा पूरा गर्दा काठमाडौं मेयर्स ५ विकेटले पराजित भएको हो ।

जारी प्रतियोगितामा पहिलो जित निकालेको आर्मीलाई जिताउनका लागि सोमपाल कामीले ८० रनको अर्धशतकीय इनिङ्स खेले । प्लेयर अफ द म्याच बनेका सोमपालले ५१ बलको सामना गर्दा ९ चौका र ६ छक्का प्रहार गरेका थिए । यस्तै कुशल मल्लले २३ रन जोड्दा भिम सार्कीले १६ रनको पारि खेले । कप्तान विनोद भण्डारी २० रनमा र राजेश पुलामी ८ रनमा अविजित रहे ।
बलिङ तर्फ काठमाडौंका सन्दीप लामिछाने र विपिन खत्रीले समान २÷२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ४२.१ सबै विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । काठमाडौंका लागि सौरभ खनालले सर्वाधिक ४२ रन बनाउँदा ७४ बलको समाना गर्दा २ चौका र २ छक्का प्रहार गरे । यस्तै सन्दीप रजालीले ३७ रन जोड्दा खडक बोहराले १९ रन बनाएर पवेलियन फर्किएका थिए । त्यस्तै हरिशंकर साह १८ रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने १३ रनमा समेटिए । बागमती प्रदेशविरुद्ध रोमाञ्चक जित निकाल्दा विस्फोटक इनिङ खेलेका सन्दिप चल्न सकेनन् । आर्मीका शाहब अलामले सर्वाधिक ४ विकेट निकाल्दा जितेन्द्र मुखियाले ३ विकेट तथा सोमपाल कामी, बिक्रम सोब र कुशल मल्लले १÷१ विकेट आफ्नो नाममा लेखाए ।

२ खेलबाट पहिलो जित निकालेको आर्मीको अंक तालिकामा २ अंक भएको छ । आर्मी उद्घाटन खेलमा एपीएफसँग १ विकेटले स्तब्ध भएको थियो । काठमाडौंको यो पहिलो हार हो । काठमाडौंले पहिलो खेलमा बागमती प्रदेशलाई ९४ रनले हराएको थियो । काठमाडौंको पनि २ खेलमा अंक तालिकामा समान २ अंक नै रहेको छ ।

प्रतियोगितामा मंगलबार त्रिवि मैदानमा बागमती प्रदेश र एपिएफ तथा मूलपानी मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)