सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रहरीको गोली लागेर म्यानमारमा थप सात जनाको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २७, २०७७
  • 713
    SHARES

२७ फागुन, काठमाडौं । म्यानमारमा बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा सात प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार बिहीबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । केही समयअघि मात्र एम्नेस्टी इन्टरनेशनलले म्यानमारको सेनाले आन्दोलनकारीमाथि ज्यादती गरेको बताएको थियो ।

बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो । अर्का एक प्रदर्शनकारीको मृत्यु भने यान्गोनको नर्थ डागोन जिल्लामा भएको हो । ‘हामीले शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका थियौं’ प्रदर्शनमा सहभागी ३१ वर्षीय एक व्यक्तिले भने । उनले सुरक्षाकर्मीले गोली चलाउला भन्ने नसोचेको उल्लेख गरे ।

एम्नेस्टी इन्टरनेशनलले पनि बिहीबार म्यानमारको सेनाले आवश्यकता नभई प्रदर्शनकारीमाथि ज्यान लिने गरी बल प्रयोग भएको बताएको थियो । साथै आन्दोलनमा अधिकार अवैधरुपमा गोली चलाई प्रदर्शनकारीहरुको हत्या भएको एम्नेस्टी इन्टरनेशनलको ठहर छ ।

यस विषयमा म्यानमारको सेनाले भने कुनै प्रतिक्रिया दिएको छैन । फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै कू गरेको थियो । त्यसको विरोधमा अहिले निरन्तर म्यानमारमा प्रदर्शन भइरहेको छ । म्यानमारको सेनालाई आफ्नो कदम सच्याउन अन्तर्राष्ट्रिय समुदायले आग्रह गर्दै आएका छन् । तर, म्यानमारको सेनाले भने मुलुकमा प्रजातन्त्रको रक्षाको लागि यो कदम चाल्नुपरेको भन्दै आफ्नो बचाउ गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)