सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमार सेनाले लगायो सुकीमाथी अवैध सुन कारोबारीको आरोप


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २७, २०७७
  • 1.1K
    SHARES

२७ फागुन, काठमाडौं । म्यानमारको सैन्य शासकले अपदस्थ नेता आङ सान सूकीमाथि सरकारमा रहँदा अवैध तरिकाले केही सुन र ६ लाख अमेरिकी डलर (६ करोड रुपैयाँ बढी) स्वीकार गरेको आरोप लगाएका छ ।

म्यानमारको सेनाद्वारा सूकीमाथि लगाएका यो अहिलेसम्मको सबैभन्दा गम्भीर आरोप हो । सेनाले सूकीले पैसा स्वीकार गरेको भन्ने कुरा आफूहरुले पुष्टि गरेको दाबी गरेको छ ।

फेब्रुअरी १ तारिखमा म्यानमारका सैन्य शासकले देशको लोकतान्त्रिक नेतृत्व उखेलेर फ्याँक्नुका साथै आङ सान सूकीलाई पनि पक्राउ गरेको थियो ।

यद्यपि, यी आरोपसहित उनीहरुले कुनै पनि प्रकारको प्रमाण भने पेश गरेका छैनन् ।

पत्रकार सम्मेलनका क्रममा ब्रिगेडियर जनरल जा मिन तुनले म्यानमारका राष्ट्रपतिसमेत केही मन्त्रीमाथि पनि भ्रष्टाचारको आरोप लगाए ।

म्यानमारमा अघिल्लो वर्ष भएको आम निर्वाचनमा सूकीको पार्टी नेशनल लीग फर डेमोक्रेसीले ठूलो जीत हासिल गरेको थियो तर सेनाले भने सूकीको पार्टीले यो चुनावमा धाँधली भएको आरोप लगाउने गर्छ ।

ब्रिगेडियर जनरल जा मिन तुनले भने, ‘सेनाले चुनावी अनियमितताबारे आफ्नो रिपोर्ट पठाएको थियो तर म्यानमारका राष्ट्रपतिले चुनाव आयोगसँग यसबारे कुनै पनि कारवाही नगर्ने बताएको थियो ।’

तर म्यानमारको चुनाव आयोगले यो दाबीलाई गलत बताइसकेको छ ।

सेनाले यसअघि सूकीमाथि अवैध तरिकाले वाकी टकी मागेको आरोप लगाइसकेको छ ।

म्यानमारको सैन्य शासकले सूकीलाई पक्राउ गरेपछि कहाँ राखिएको छ भनेर जानकारी दिएको छैन ।

स्थानीय रिपोर्टका अनुसार म्यानमारको सेनाले बिहिबार जुन आरोप सूकीमाथि लगाएको छ, त्यो अहिलेसम्मकै सबैभन्दा गम्भीर आरोप बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)