बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सहिद स्मारक बि डिभिजन लिगको उपाधि सातदोबाटो युथ क्लबलाई


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २७, २०७७
  • 1.1K
    SHARES

ललितपुर, २७ फागुन। 

दुई खेल अगावै शीर्ष डिभिजनमा बढुवा भएको सातदोबाटो युथ क्लबले लिगको अन्तिम खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) लाई १–० ले हराउँदै सहिद स्मारक बि डिभिजन लिगको उपाधि उचालेको छ । ११ वर्ष बी डिभिजनबाट ए डिभिजनमा उक्लिन संघर्ष गरेको सातदोबाटोले सम्पन्न ११ खेलबाट ९ खेलमा जित निकाल्दा १ मा बराबरी र १ खेल गुमाउन पुगेको थियो ।

बी डिभिजन लिगको च्याम्पियन बनिसकेको सातदोबाटो युथ क्लबले बिहीबार आफ्नो अन्तिम खेललाई सुखद बनाउँदा समर्थकको साथले निकै खुसी थियो । सुखद अन्त्य अनि शीर्ष डिभिजन यात्रा साकार बन्दा टोलीलाई समर्थकले निकै हौसाला प्रदान गरेका थिए ।

२०५४ सालमा स्थापना भएको सातदोबाटोले ५७ सालमा सि डिभिजनको यात्रा तय गरेको थियो । करिब ९ वर्ष सि डिभिजनबाट बी डिभिजनमा उक्लिन मिहिनेत गरेको सातदोबाटोले ११ वर्ष पछि बी डिभिजनका खेलमा अनुभव सगाल्ने मौका बुनेको थियो । २०६६ बाट बी डिभिजन खेलेर ए डिभिजनमा बढुवा हुने अभिलाशा बोकेको सातदोबाटो २०७७ मा शीर्ष डिभिजनमा बढुवा भएको छ । लामो संघर्ष र टिमको कठोर मिहिनेले टोली बढुवा भएको क्लबका प्रशिक्षक सनोज श्रेष्ठ बताउँछन् ।

बिहीबारको अन्तिम खेलमा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले ६७औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भएको खेलमा आङथुपुले गरेको गोलले सातदोबाटोको बी डिभिजन यात्रा सुखद बनेको हो । ए डिभिजनमा पुग्दा टोलीले निकै मिहिनेत गरेको सातदोबाटोका कप्तान बसन्त तामाङले बताए ।

यस्तै टोलीका अध्यक्ष तथा क्लबका संस्थापक सदस्य कपिल राना मगरले टोली शीर्ष डिभिजनमा फर्किए सँगै चुनौति थपिएको प्रतिक्रिया दिए । ए डिभिजन लिग प्रतिस्पर्धात्मक हुने भएकाले टोलीले बी डिभिजनमा गरेको मिहिनेतलाई निरन्तरता दिने बताए ।

विश्व भर फैलिएको महामारीका कारण एक वर्ष अगाडि प्रतियोगिता सञ्चालन गरे पनि सबै खेल हुन सकेको थिएन । महामारीका कारण स्थगित भएको प्रतियोगिता यसै महिनाबाट सुरु भएको थियो । प्रतियोगितामा खुमलटार युथ क्लब दोस्रो बन्दा बाँसबारी युथ क्लब बी डिभिजन लिगमा तेस्रो टोली बन्यो । शीर्ष डिभिजनमा बढुवा भएको सातादोबाटो युथ क्लबले च्याम्पियन ट्रफीसँगै नगद १५ लाख रुपैयाँ हात पा¥र्यो भने दोस्रो भएको खुमलटारले १०, तेस्रो भएको बाँसबारीले ८ तथा चौथो भएको ब्वाइज युनियनले ५ लाख रुपैयाँ प्राप्त ग¥यो । १२ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगितामा पुल्चोक स्पोर्ट्स क्लब सी डिभिजन लिगमा घटुवा भयो । प्रतियोगितामा खुमलटार युथ क्लबका सबिन केसी सहिद स्मारक बी डिभिजन लिग फुटबलको उत्कृष्ट फरवार्ड चुनिँदा सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर घोषित भए । त्यस्तै बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर बन्दा खुमलटारका अन्जल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । सातदोबाटोका सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट हुने सबैले जनही २५ हजार प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले अवार्ड ब्वाइज युनियनले प्राप्त ग¥यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)