मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भाइरसका कारण टोकियो ओलम्पिक एक वर्ष पर सर्‍यो


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १२, २०७६
  • 664
    SHARES

जापानको टोकियोमा यही जुलाईबाट हुने ओलम्पिक प्रतियोगिता एक वर्ष पर सरेको छ ।

यही जुलाई २४ देखि अगष्ट ९ तारिखसम्म जापानको टोकियोमा हुने ओलम्पिक प्रतियोगिता अब अर्को वर्ष हिउँदमा हुनेछ । मिति भने तय हुन बाँकी छ ।

जापानका प्रधानमनत्री शिन्जो आबेले अन्तराष्ट्रिय ओलम्पिक कमिटी आईओसीका अध्यक्ष थोमस बाचसँग ओलम्पिक खेल एक वर्ष पर सार्न प्रस्ताव गरेको र त्यसमा आईओसीले समर्थन जनाएको बताए ।

सन् २०२१ मा आयोजना हुने भएपनि यो ओलम्पिकलाई टोकियो २०२० नैं भनिनेछ ।

टोकियो ओलम्पिकको आयोजक कमिटी र आईओसीले हिजो संयुक्त वक्तव्य जारी गर्दै विश्वभर फैलिएको कोरोनाभाइरसको महामारीले ओलम्पिक गराउन सम्भव नभएकोले कम्तिमा एक वर्षका लागि सारिएको जनाएका छन् ।

यसअघि क्यानडा, अष्ट्रेलिया र बेलायतले निर्धारित मितिमै ओलम्पिक आयोजना गरे आफ्नो देशको टोली नपठाउने घोषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)