१ चैत्र, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार २३१ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ७७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ३२६ पुगेको छ।
गत चौबीस घन्टामा २ हजार ६ सय १५ पीसीआर परीक्षण भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १४ पुगेको छ।
काठमाडौँ उपत्यकामा थप १६ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका १३, ललितपुरका २ तथा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।
