मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतिस्पर्धामा भुवन नगरकोटीको अग्रता


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २, २०७७
  • 707
    SHARES

काठमाडौं ,२ चैत्र। 
सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ अन्तर्गत भएको प्रतिस्पर्धामा भुवन नगरकोटीले अग्रता लिएका छन् ।

गोकर्ण गल्फ क्लव सोमबार भएको पहिलो चरणको खेलमा नगरकोटीले आठ अन्डर ६४ स्कोर खेल्दै नगरकोटी शीर्ष स्थानमा रहेका हुन् । नगरकोटी दोस्रो स्थानमा रहेका रामे मगर र विजय श्रेष्ठ भन्दा चार स्टोकले अगाडी रहेका हुन् ।

पहिलो दिनको खेलमा मगर र श्रेष्ठले चार अन्डर ६८ को स्कोर खेले । सागमा दोहोरो स्वर्ण जितेका सुवास तामाङ, शुक्रबहादुर राई र राजेन्द्र श्रेष्ठ प्रदानले पहिलो राउण्डमा तीन अन्डर ६९ को स्कोर खेले ।

प्रतियोगितामा कुल ४४ ब्यवसायीक गल्फरको सहभागिता रहेको छ भने १७ एमेच्युअर गल्फरले भाग लिएका छन । प्रतियोगिताको विजेताले एक लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)