मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

डा.गोविन्द केसीद्वारा काठमाण्डौ विश्वविद्यालयका पदाधिकारीको राजनीनामा माग


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३, २०७७
  • 472
    SHARES

काठमाडौं, ३ चैत्र।
बि एम सि अस्पतालका संचालक दुर्गा प्रसाईले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई ज्यान मार्ने धम्की दिएको बताउनुभएको छ ।

काठमाण्डौमा मंगलबार पत्रकार सम्मेलन गरी डाक्टर केसीले प्रधानमन्त्री ओली समेत ज्यान मार्ने धम्की दिने मतियार बनेको आरोप लगाउनुभयो ।

झापाको बिएमसी अस्पताललाई शिक्षण अस्पतालको सम्बन्धन दिने सम्बन्धमा प्रधानमन्त्री ओलीले नियम उलंघन गरेर विश्वविद्यालयलाई आदेश दिएको बताउनुभयो । चिकित्सा शिक्षा आयोगले सम्बन्धन दिन नहुने भनी ठहर गरेको अस्पताललाई सम्बन्धन दिन्छु भनेर सार्वजनिक रुपमा बोलेर प्रधानमन्त्री ओलीले अपराध गरेको आरोप डाक्टर केसीले लगाउनुभयो ।

डाक्टर केसीले प्रधानमन्त्री लगायत काठमाण्डौ विश्वविद्यालयका पदाधिकारी सबैले राजनीनामा दिनुपर्ने माग पनि गर्नुभएको छ । चिकित्सा क्षेत्रको सुधारको लागि पटक पटक अनसन बस्दै आउनुभएको डाक्टर केसीले आफ्ना मागहरु सम्बोधन नभए फेरी अनसन बस्ने चेतावनी पनि दिनुभयो । पत्रकार सम्मेलनमा अनसन बस्ने दिन र समय भने बताईएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)