मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरण


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र ५, २०७७
  • 882
    SHARES

काठमाडौं, ५ चैत्र।
नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको छ ।

दशरथ रंगशालामा यही चैत १० देखी १६ गते सम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । पत्रकार सम्मेलनमार्फत एन्फा प्रवक्ता किरणले प्रतियोगिता दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने बताएका हुन् ।

कोरोनाको महामारीलाई ध्यानमा राखेर एन्फाले १२ हजार दर्शकलाई मात्र मैदान प्रवेशमा अनुमति दिने जनाएको छ ।

त्यसका लागि एन्फाले प्रतियोगिताको टिकट मूल्य समेत तोकेको छ । जस अनुसार एन्फाले सामान्य प्याराफिट तर्फ ७ सय र भीआईपीतर्फ १५ सय टिकट दर तोकेको छ । दशरंथ रंगशालामा आयोजना हुन लागेको प्रतियोािगताका लागि एन्फाले रंगशाला तयारीलाई तिब्रता दिएको छ । यस अघि नै सार्वजनिक भएको तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग १२ गते खेल्दै छ भने दोस्रो खेल १४ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।

यही प्रतियोगितामा सहभागिता जनाउनका लागि आजै बंगलादेशको टोली नेपाल आएको छ । बंगलादेशबाट ४० सदस्यीय टोली नेपाल आएको हो । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)