मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहेकाे ईएमएकाे निष्कर्ष


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ६, २०७७
  • 566
    SHARES

६ चैत्र,काठमाडौं । युरोपेली युनियनको औषधि नियामक निकाय ईएमएले कोभिड–१९ विरुद्धको अक्सफर्ड–आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहको निष्कर्ष निकालेको छ।

केही मुलुकहरुले रगत जम्ने समस्या देखिएको भन्दै यो खोपमा अस्थाई प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानबाट खोपले कुनै हानी नगर्ने निष्कर्ष निकालिएको हो।

ईएमएले अक्सफर्ड–आस्ट्राजेनेका खोपका कारण रगत जम्ने खतरा नदेखिएको तर यसबारे थप अनुसन्धान जारी नै रहने बताएको हो।

सम्भावित आशंकाबारे थप अध्ययन र अनुसन्धान जारी नै रहने ईएमएले भनेको छ।

यो खोप सुरक्षित तथा प्रभावकारी रहनुका साथै फाइदा धेरै र जोखिम निकै कम रहेको ईएमएले जनाएको छ।

ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले खोपले अस्पताल भर्ना हुनुपर्ने वा ज्यान नै गुमाउनसक्ने जोखिम भएका मानिसहरूलाई जोगाउन सघाउने र यो सम्भावित जोखिमभन्दा निकै महत्त्वपूर्ण कुरा हुने बताइन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)