मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०७७
  • 573
    SHARES

काठमाडौं, ९ चैत्र। 

भोलीबाट दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले मंगलबारबाट प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रतियोगितामा गोलकिपर किरणले कप्तानी गर्ने जनाएका हुन । प्रशिक्षक महर्जनजले तीन महिना देखी निरन्तर अभ्यास गरिरहेको भन्दै नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए ।
महर्जनले नोभेम्बरमा बंगलादेशमा सम्पन्न दुई मैत्रिपूर्ण खेलमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेपनि घरेलु मैदानमा भएकाले नेपाली समर्थकलाई निराश नबनाउने थपे ।

यस्तै प्रि–म्याच कन्फरेन्समा बोल्दै टोलीका उपकप्तान रोहित चन्दले लामो समयपछि मैदान फर्कन पाउँदा टोली निकै उत्साही भएको बताए ।

यस्तै बंगलादेश र किर्गिस्तानका प्रशिक्षक र कप्तानले पनि तयारी राम्रो गरेको भन्दै राम्रो नतिजाका लागि खेल्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)