शुक्रबार, बैशाख २१, २०८१

सरकारलाइ दिएको समर्थनबारे माओवादीले गर्‍यो कानुन व्यवसायीहरुसँग छलफल


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १०, २०७७
  • 746
    SHARES

१० चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव, समर्थन फिर्ता, नेकपाबारे सर्वोच्चले गरेको फैसला र अहिलेको सरकारको हैसियतबारे कानुन व्यवसायीसँग छलफल गरेको छ ।

सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा माओवादीले कानुन व्यवसायीहरुसँग यसबारे छलफल गर्दै सुझाव मागेको हो ।

त्यसअवसरमा कानुन व्यवसायीहरुले सवै विषयमा काुननी व्यवस्था र अवलम्बन गर्नुपर्ने बाटोबारे सुझाव दिएको कानुन व्यवसायी समेत रहेका सांसद रामनारयण बिडारीले जानकारी दिए ।

‘अविश्वासको प्रस्ताव कसरी दर्ता हुन्छ ? समर्थन फिर्ता कसरी गर्न सकिन्छ ? प्रधानमन्त्रीले विस्वासको मत कसरी लिनुहुन्छ ? चलिरहेको सरकारको हैसियत के हुन्छ ? अबको नेपालको राजनीतिक कोर्ष कता जान्छ र फागुन २३ को फैसलाको पुनवरावलोकन कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल भयो । त्यसबारेमा हामीले पुनरावलोकन गर्न उचित हुन्छ भन्ने सुझाव दियौँ ।’, छलफलपछि बिडारीले भने ।

कानुन व्यवसायीसँगको परामर्शपछि माओवादीको स्थायी समिति बैठक बसिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }