मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दोस्रो एक दिवसीयमा बंगलादेश न्यूजीन्यान्ड सँग पाँच विकेटले पराजित


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १०, २०७७
  • 864
    SHARES

क्राइस्टचर्च,१० चैत्र। न्यूजील्यान्ड भ्रमणमा रहेको बंगलादेशको क्रिकेट टोली न्यूजीन्यान्डसँग दोस्रो एक दिवसीयमा पाँच विकेटले पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको बंगलादेशले तमिम इक्वाल (७८ रन) र मोहम्मद मिथुन (७३ रन) को उत्कृष्ट खेल मद्दतले ६ विकेटको क्षतिमा २७१ रन बनाएको थियो ।

जितका लागि २७२ रनको लक्ष पछ्याएको न्यूजील्यान्डको टोली शुरुमा फटाफट पाँच विकेट गुमाएर दबाबमा परेको थियो । तर डेभोन कोन्वे र टम लाथमबीचको साझेदारीको मद्दतले न्यूजील्यान्डले ४८.२ ओभरमा निर्धारित लक्ष पूरा गरेको थयो ।

न्यूजील्यान्डका लागि टम लाथमले नटआउट ११० रन बनाएका थिए भने डेभोन कोन्वेले ७२ रन बनाएका थिए ।

डुनेडिनमा खेलिएको पहिलो एक दिवसीयमा पनि न्यूजीन्याडले बंगलादेशलाई ८ विकेटले पराजित गरेको थियो ।

तीन म्याचको यस शृंखलामा न्यूजील्यान्ड २–० ले अघि रहेको छ । र तेस्रो तथा अन्तिम खेल २६ मार्चमा वेलिङ्टनमा हुनेछ ।

एएफपी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)