मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालमा प्रत्येक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगी


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ११, २०७७
  • 353
    SHARES

काठमाडौं, ११ चैत्र।

आज विश्व क्षयरोग दिवस । प्रत्येक वर्ष मार्च २४ मा अन्तराष्ट्रिय क्षयरोग दिवस मनाउने गरिन्छ । यस वर्ष क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ क्षयरोग दिवस मनाँउदैछ ।

सामान्यतया टिबी भनिने यस रोगको पूर्णरुप चाँही ट्यूब्रक्लोसीस हो । क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र विभिन्न रोग र संक्रमणका रुपमा यसलाई लिने गरिएको पाइएको छ ।

क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन् जसको उपस्थिति प्राचीन समय बाटै आजसम्म अस्तित्वमा रहेको छ । आज चिकित्सा विज्ञान लगायत उपचार पद्धतिको यो उचाईसम्म पुग्दा पनि बिश्व जनसख्याँको एकतिहाई जनसख्याँ क्षयरोगको किटाणुको संक्रमण हुने गरेको छ ।
बिश्वमा प्रत्येक वर्ष ८० लाख नयाँ क्षयरोगी थपिने गरेको र २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको तथ्यांक छ । नेपालमा क्षयरोगको तथ्याकं झन भयावह छ ।

राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ४४ हजार नयाँ क्षयरोगीहरु थपिने गरेका छन् ।

यसै गरी झण्डै ५ देखि ७ हजार नेपालीको क्षयरोगकै कारण बर्षेनी मृत्यु हुने गरेको तथ्याकं छ । क्षय रोग विभिन्न प्रकारका हुने गरेका छन् । नेपालमा हुने क्षयरोग मध्ये ७५ प्रतिशत बढि त फोक्सो कै क्षयरोग हुने गरेको छ ।

अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मृगौला, मष्तिष्क र हड्डी आदिका क्षयरोग हुने गर्दछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)