मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली कबड्डी टोली बंगलादेश प्रस्थान


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १२, २०७७
  • 1.1K
    SHARES

काठमाडौं ,१२ चैत्र। बंगलादेशमा आयोजना हुने बंगबन्धु कप अन्तराष्ट्रिय कबड्डी प्रतियोगिता २०२१ मा प्रतिस्पर्धा गर्न जाने नेपाली कबड्डी टोलीलाई बिहिबार बिदाई गरिएको छ ।

अखिल नेपाल कबड्डी संघकी अध्यक्ष माननिय साँदस तुलसा थापाले एक कार्यक्रमका विच नेपाली टोलीलाई शुभकामना सहित बिदाई गरेको हो ।

साँसद थापालेटोलीलाई बिदाई गर्दै नेपाली खेलाडीहरुले उच्च प्रदर्शनका साथ पदक हात पार्नेमा आफु बिश्वस्त रहेको भन्दै खेलाडीहरुलाई स्वागत गर्न र पदक हात पारेको खण्डमा नगद पुरस्कारले सम्मान गर्न आफु लालायित रहेको बताउनुभयो ।

मार्च २८ देखि संचालन हुने प्रतियोगितामा नेपाल सहित आयोजक बंगलादेशका २ टोली, पोल्याण्ड, केन्या र श्रीलङका गरि ६ टिमको सहभागिता रहने नेपाली टोली नेता संघका उपाध्यक्ष बिरेन्द्र यादवले जानकारी दिनुभयो ।

यादवको नेतृत्वमा बंगलादेश जाने टोलीको प्रशिक्षकमा उमेश कुमार प्रधान र ब्यवस्थापकमा बिष्णु दत्त भट्ट रहेका छन् । यस्तै खेलाडीहरुमा लालमोहर यादव, प्रविण खड्का, रंजीत गजमेर, रामु टमाटा, बिनोद तामाङ्ग, प्रदीप मिजार, कुमार लामा, कल्याण भुजेल, नागेश्वर थारु, बन्धु राना रहेका छन् । यस्तै निर्णायकमा हिमाल रञ्जित र पशुपती प्रजापति रहेका छन् । टोली आजै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)