मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पारा ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १३, २०७७
  • 844
    SHARES

काठमाडौं, १३ चैत्र।
दुवई पारा ब्याडमिन्टन संघको आयोजनमा यहि चैत्र १४ गते देखि २३ गते सम्म दुवईको सहवाव अल अलि दुवई क्लबमा हुने तेश्रो फज्जा दुवई पारा ब्याडमिन्टन ईन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ ।

च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली खेलाडी प्रकाश अधिकारीलाई नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ । पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो । ब्याडमिन्टन संघको पहलमा नेपालमा पारा ब्याडमिन्टन प्रतियोगिताहरु आयोजना नभईरहेको अवस्थामा पारा खेलाडी प्रकाश अधिकारी नेपालमा आयोजना हुने विभिन्न सवल प्रतियोगितामानै सहभागिता जनाउँदै स्तरियता प्रदर्शन गर्दै आईरहेका खेलाडी समेत हुन् ।

खेलाडीलाई बिदाई गर्ने क्रममा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले शुभकामना प्रदान गर्दै खेलाडीहरु अबका दिनमा ब्यावसायिकता तर्फ अग्रसर हुनु पर्ने र त्यसका लागि आफुलाई सक्षम बनाउनु पर्ने बताए । उनले खेलाडीहरुले नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा समावेश हुने भएकोले त्यसलाई यथार्थमा उतार्नु पर्ने बताए ।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले नेपालले पहिलो पटक प्रतियोगितामा सहभागित जनाएको भन्दै यसका लागि नेपाल ब्याडमिन्टन संघ, राखेपका सदस्य एवं संघका उपाध्यक्ष सुभाष श्रेष्ठको बिशेष पहल रहेको बताए । दक्षिण एशियाली पारा ब्याडमिन्टन संघका अध्यक्ष समेत रहेका उनले नेपाली खेलाडीले विभिन्न विधा मध्ये अहिले एसएल ४ को बिधामा नाम दर्ता गरिएता पनि प्रतियोगिताका दौरान खेलाडीको परिक्षण पश्चात कुन बिधामा सहभागिता जनाउन पाउने भन्ने निक्र्यौल हुने बताए । अध्यक्ष श्रेष्ठले खेलाडीलाई अनुशासित भई प्रतियोगिता खेल्न सुझाव प्रदान गदै पहिलो पटक सहभागिता भएकोले अहिले देखाएको कौशलता र अनुशासनले भोलीका दिनमा अरु खेलाडीहरुका लागि समेत बाटो खुल्ने बताए ।

बिदाई कार्यक्रममा राखेप सदस्य एवं संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नविन विक्रम शाह र समिर बहादुर सिंह, सदस्य छविलाल जोशी, अन्तराष्ट्रिय अम्पायर उदय अर्याल, प्रमुख प्रशिक्षक सुदीप योञ्जन, प्रशिक्षक किरण थापा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)