मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इङ्ल्यान्डले ६ विकेटले खेल जित्यो


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १३, २०७७
  • 564
    SHARES

पुणे,१३ चैत्र।

इङ्ल्यान्डले दोस्रो एक दिवसीय क्रिकेट खेलमा भारतलाई ६ विकेटले पराजित गरेको छ । शुक्रबारको दिवारात्रि खेलमा भारतले प्रस्तुत गरेको ३३७ रनको विशाल लक्ष्य इङ्ल्यान्डले ४ विकेट गुमाएर ४३.३ ओभरमै पूरा गरेको थियो ।

जितसँगै तीन म्याचको यो शृंखला ११ को बराबरीमा आइपुगेको छ । तेस्रो तथा अन्तिम खेल पुणेमै आइतबार हुनेछ । पहिलो खेल भारतले जितेको थियो ।

इङ्ल्यान्डको जितको नायक रहे जोन्नी बेयरस्ट र बेन स्टोक्स । बेयरस्टले ११ चौका र ७ छक्काको मद्दतले ११२ बलमा १२४ रन बनाएका थिए भने स्टोक्सले ५२ बलमा १० छक्का र ४ चौकाको मद्दतले ९९ रन बनाए । उनी शतक बनाउनबाट १ रनले चुकेका थिए ।

स्टोक्स खेलका अन्ततिर भुवनेश्वर कुमारले फालेको सामान्य बलमा विकेट किपर रिषभ पन्तबाट क्याचआउट भएका थिए ।

अन्य खेलाडीमा जेसन रोयले सुस्त सुरुवात गरे पनि व्यक्तिगत ५५ रन बनाएर दुर्भाग्यपूर्ण तरिकाले रन आउट भएका थिए ।

यसअघि, भारतले इङ्ल्यान्ड विरुद्ध पहिले ब्याटिङ गर्दै जितका लागि ३३७ रनको विशाल लक्ष्य दिएको थियो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले के एल राहुलको १०८ रनको शतकीय पालीको मद्दतले ६ विकेट गुमाएर ३३६ रन बनाएको थियो ।

भारतका लागि रिषभ पन्तले पनि ४० बलमा ७७ रन बनाएका थिए भने कप्तान विराट कोहलीले ६६, हार्दिक पान्ड्याले ३५, रोहित शर्माले २५ रन बनाएका थिए ।

फर्ममा देखिएका भारतीय ब्याट्सम्यानका अघिल्तिर इङ्ल्यान्डका बलरहरु फिक्का देखिएका थिए । खेलमा भारत हाबी भएर खेलेको देखिएको थियो । तर दोस्रो इनिङमा पनि भारतीय बलरहरुले खासै कसिलो बलिङ प्रस्तुत गर्न सकेका थिएनन् । AP

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)