मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तेस्रो एक दिवसीय क्रिकेटको उपाधि भारतलाई


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १६, २०७७
  • 732
    SHARES

पुने, १६ चैत्र। भारतले तेस्रो एक दिवसीय क्रिकेट खेलमा इङ्ल्यान्डलाई ७ रनले पराजित गरेको छ । आइतबारको दिवारात्रि खेलमा भारतले प्रस्तुत गरेको ३३० रनको विशाल लक्ष्य पछ्याउने क्रममा इङ्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३२२ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरसम्म खेल कस्ले जित्ला भन्ने अनुमान गर्न कठिन भएको यस खेलमा रोमाञ्चकता इङ्ल्यान्डका युवा खेलाडी साम कुरानले ल्याएका थिए । उनी व्यक्तिगत ९५ रन बनाएर अविजित रहे ।

धेरै वटा क्याच छाडेर निराश देखिएको भारतलाई साम कुरानले हतोत्साही बनाएका थिए । अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएको अवस्थामा भारतीय युवा बलर नटराजनले उत्कृष्ट बलिङ गरेर इङ्ल्यान्डलाई ७ रन मात्र दिएपछि भारत विजयी भयो ।

यो जितसँगै भारतले तीन खेलको एक दिवसीय शृंखला २–१ ले जितेको छ । पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल इङ्ल्यान्डले जितेको थियो ।

भारतमा यी दुई टिमबीच भएका तीनै फर्म्याट अर्थात एक दिवसीय, टेस्ट र टी२० मा भारतले शृंखला जितेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ४८.२ ओभरमा सबै विकेट गुमाएर ३२९ रन बनाएको थियो ।  भारतका लागि रिषभ पन्तले सर्वाधिक ७८, शिखर धवनले ६७, हार्दिक पान्ड्याले ६४ रन बनाएका थिए । कप्तान विराट कोहली भने ७ रनमै आउट भएका थिए ।

जवाफमा ब्याटिङ गरेको इङल्यान्डका लागि साम कुरानको ९५ रनको अलावा डेविड मलानले ५०, लियाम लिभिङ्स्टनले ३६, बेन स्टोक्सले ३५ रनको योगदान गरेका थिए । नियमित अन्तरालमा इङ्ल्यान्डका ब्याट्सम्यानहरु आउट भएपछि खेल भारतले सहजै जित्ने अनुमान गरिएको थियो । AFP

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)