मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटनमा आश्रित लाखौंको रोजगारी गुम्ने, छुट्टै राहत प्योकजका लागि सरकारसँग आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १९, २०७७
  • 850
    SHARES

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा आश्रित लाखौंको रोजिरोटी गुम्ने भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीका अनुसार कोरोनाको संकटले यो क्षेत्रमा काम गरेर जीविकोपार्जन गर्ने करीब २० लाखको रोजगारी रोजीरोटी गुम्नेछ ।

यो क्षेत्रमा संलग्न भएका श्रमिक र कर्मचारीको यकिन तथ्याङ्क संकलन गर्न त १ वर्ष लाग्छ,’ उनले भने, ‘तर, पर्यटन व्यवसाय गरेर करीब २० लाखले जिविकोपार्जन गरेको अनुमान छ ।’ त्यस्तै होटल एशोसिएशन अफ नेपाल (हान)की अध्यक्ष सृजना राणले होटल व्यवसायमा काम गर्ने हजारौंको रोजगारी गुम्ने बताइन् । यस क्षेत्रमा आबद्ध जनशक्तिलाई लकडाउन अवधिको नै तलब दिन नसक्ने अवस्था आएको उनको भनाइ छ । ‘अहिले होटल व्यवसायीलाई कर्मचारीलाई तलब कसरी खुवाउने भन्ने चिन्ता बढेको छ,’ राणाले भनिन्, ‘करोडौ रुपैयाँ ऋण लिएर होटल व्यवसाय गर्नेहरू ठूलो मारमा परेकोले यसमा सरकारले हेरिदिनुपर्छ ।’ आफ्ना समस्याबारे संघले सम्बन्धित निकायमा कुरा राखिसकेको उनले बताइन् ।

पर्यटन क्षेत्रमा अबको एक वर्षसम्म बाह्य पर्यटकको कुनै गतिविधि नहुने र पर्यटन क्षेत्रमा काम गर्नेहरूले ठूलो घाटा व्यहोर्नुपर्ने ट्रेकिङ एजेन्सिज एशोसिएशन नेपाल (टान)का अध्यष खुमबहादुर सुवेदीले जानकारी दिए । उनले भने, ‘यो क्षेत्रमा काम गर्ने कर्मचारी र व्यवसायीलाई ठूलो समस्या परेको छ ।’ अबको केही वर्षसम्म पर्यटन क्षेत्रलाई आर्थिक संकट पर्ने उनको भनाइ छ । यसको समाधान गर्नका लागि सरकारले छुट्टै राहत प्याकेजको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)