बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उपत्यकाका सबै बैंकका एक शाखा खुला


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १३, २०७६
  • 582
    SHARES

काठमाडौं । लकडाउनको समयमा पनि उपत्यकाका विभिन्न बैंकहरुले आफ्नो एउटा शाखा खुला राखेका छन् ।

बैंकहरुलाई निश्चित शाखा तोकेर सेवा नियमित गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएसँगै कर्मचारीको हितलाई ध्यानमा राखेर एउटा शाखा खोलेर सेवा दिन बैंकहरु तयार भएका हुन् ।

अत्यावश्यक सामाग्री खरिद गर्न सर्वसाधारणलाई अप्ठेरो नपरोस् भन्ने हिसाबले बैंकहरुले सेवा दिने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

लकडाउनका बेला नगद कारोबारको मात्रै बैंकले सेवा दिने बताइएको छ ।

उपत्यका बाहिरका बैंकले स्थानीय प्रशासनसँग समन्वय गरी अवस्था हेरेर निश्चित समयका लागि बन्द गर्ने वा खोल्ने निर्णय गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)