सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘अनेसास दर्पण’ सार्वजनिक


  • समाचारदाता ,अमेरिका
  • आइतवार, चैत्र २२, २०७७
  • 1.5K
    SHARES

अमेरिका ,२२ चैत्र

अन्तर्राष्ट्रिय नेपाली साहित्यसमाजको त्रैमासिक प्रकाशन ‘अनेसास दर्पण’को राष्ट्रकवि विशेषाङ्क शनिवार लोकार्पित भएको छ । सन् २०१४ देखि डिजिटल पत्रिकाको रुपमा प्रकाशनहुँदै आएको दर्पण पहिलो पटक ‘हार्डकपि’को रुपमा प्रकाशन गरिएको हो ।

लोकार्पण कार्यक्रमका प्रमुख अतिथि तथा अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले अनेसासका कृयाकलापलाई विश्वसामु राख्न दर्पणले महत्वपूर्ण भूमिका खेल्ने बताउदै अनेसासको ऐतिहासिकता बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा अनेसास बीओटीका सल्लाहकार प्राडा खगेन्द्रप्रसाद लुइटेल, डा. रामप्रसाद ज्ञवाली, डा हरि कोइराला, ज्योति पौडेलसहित अनेसास बीओटीका उपसभापति पदम विश्वकर्मा, अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्ध्दन पूजा ,महासचिव सर्वज्ञ बाग्ले, दर्पणका प्रधान सम्पादक लालगोपाल सुवेदी, कार्यकारी सम्पादक हरि काफ्ले ‘शैव’लगायतले मन्तव्य ब्यक्त गरे ।

अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा कविहरू तीर्थराज अधिकारी, राम लामा ‘अविनाशी’, राजेन्द्र श्रेष्ठ, रवीन्द्रभक्त श्रेष्ठ, लतिता दोषी, पुष्पा खनाल ,सुदीपभद्र खनाललगायतले कविता वाचन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)