सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एनआरएनए नेपाली युवा अन्तर्राष्ट्रिय कविता प्रतियोगिता हुँदै


  • माउन्टेन खबर
  • सोमवार, चैत्र २३, २०७७
  • 682
    SHARES

२३ चैत्र, लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को संयुक्त पहलमा पहिलोपल्ट विदेशमा छरिएर रहेका नेपाली युवाहरुबीच कविता प्रतियोगिता ‘अन्तरराष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता २०७७’ आयोजना हुने भएको छ ।

आगामी मे १ तारिख अर्थात् २०७८ वैशाख १८ गते आयोजना हुन् गइरहेको उक्त १९ वर्षभन्दा कम उमेरका नेपाली मूलका युवायुवती सहभागी हुनेछन् । प्रतियोगितामा पहिलो हुने नेपाली भाषाको कवितामा एकजनालाई एक हजार डलर, दोश्रो हुनेलाई पाँच सय डलर र तेश्रोलाई तीन सय डलर पुरस्कार प्रदान गरिनेछ । यस्तै अंग्रेजी भाषामा लेखिएको उत्कृष्ठ एक कवितालाई दुई सय डलर पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता आयोजनाका लागि एनआरएनएको भाषा,साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समिति र अनेसासले अनेसासका महासचिव एवं एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिले यस अघि सार्वजनिक सूचना आव्हान गरी प्रतियोगितामा सहभागिताका लागि युवा सर्जकहरुलाई कविता माग गरेको थियो।

सोही अनुसार गत जनवरी २५ तारिखभित्र प्राप्त भएका कवितालाई प्रतियोगितामा सहभागी गराइने आयोजक समितिका संयोजक साहित्यकार वाग्लेले जानकारी दिएका छन्। ‘प्रवासमा रहेका बालबालिकालाई नेपाली भाषा, साहित्य तथा संस्कृति र नेपाली माटोको पहिचान तथा माया जगाउने उद्देश्यले यस्तो प्रतियोगिता गर्न लागिएको हो’ संयोजक वाग्लेको भनाइ छ।

एनआरएनएका पूर्व कोषाध्यक्ष समेत रहेका एनआरएनएको भाषा,साहित्य,संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले दुई संस्था सहकार्य गरेर पहिलोपटक यस्तो साहित्यिक र सिर्जनात्मक प्रतियोगिता गर्न लागिएको जानकारी दिए।

थापाका अनुसार, भर्चुअल (जुम) प्रविधि मार्फत आयोजना हुने प्रतियोगितात्मक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गङ्गाप्रसाद उप्रेती प्रमूख अतिथि रहनेछन् । प्रतियोगिताका लागि विश्वभर छरिएर रहेका नयाँ पुस्ताका नेपाली मूलका सर्जकहरुको रचना प्राप्त भएको छ ।

जसमध्ये निर्णायक समितिले नेपाली भाषाका उत्कृष्ठ १० वटा कविता छनौट गर्नेछ भने तीन वटा कविता अंग्रेजी भाषाबाट छानिनेछ। छानिएका यिनै रचनाका सर्जकहरुलाई प्रतियोगितामा आ आफ्ना कविता प्रत्यक्ष वाचन गराईनेछ। यसरी वाचन गरिएका मध्ये उत्कृष्ठ तीन नेपाली र एक अंग्रेजी भाषाको कवितालाई निर्णायकहरुले विजेता घोषित गर्नेछन्।

वरिष्ठ कवि बैरागी काइँला मूख्य निर्णायक रहने प्रतियोगितामा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमूख प्राध्यापक डाक्टर हेमनाथ पौडेल र डाक्टर विन्दु शर्मा निर्णायक रहेका छन् भने अंग्रेजी कविताको निर्णायकमा साहित्यकार महेश पौडेल रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)