बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना संक्रमण बढेपछि नयाँदिल्लीमा रात्रीकालिन कर्फ्यु


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २४, २०७७
  • 738
    SHARES

२४ चैत्र, नयाँदिल्ली । कोरोनाभाइरसको संक्रमण बढेपछि भारतको राजधानी नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यू लगाइने भएको छ।

दिल्ली सरकारले मंगलबारदेखि लागू हुने गरी रात्रिकालिन कर्फ्यू जारी गर्ने घोषणा गरेको हो।

राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि रात्रिकालिन कर्फ्यू जारी गरेको एनडिटिभीले जनाएको छ। कर्फ्यू अप्रिल ३० सम्म जारी रहनेछ।

मुख्यमन्त्री अरविन्द केजरीवालले गत शुक्रबार कोरोनाको चौंथो लहरबाट जाँदै गरेको तर लकडाउन गर्ने सोच नबनाएको बताएका थिए।

‘अहिलेको अवस्थाअनुसार हामी लकडाउन गर्दैनौं। हामी नजिकबाट यो अवस्थालाई नियालिरहेका छौं र त्यस्तो निर्णय जनतासँगको सल्लाह पछिमात्रै गरिनेछ,’ उनले पत्रकारहरूसँग भनेका थिए।

सोमबारमात्रै दिल्लीमा थप ३ हजार ५ सय ४८ कोरोना संक्रमित थपिएका थिए भने १५ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)