बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतबाट आएका कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २५, २०७७
  • 604
    SHARES

२५ चैत्र, कैलाली । सुदूरपश्चिममा थप एक संक्रमितकाे मृत्यु भएको छ।

कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत् भीमदत्त नगरपालिका-१५ का ४५ वर्षीय संक्रमित पुरुषको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

उनले अस्पताललाई उदृत गर्दै संक्रमितकाे मृत्यु भएको पुष्टि गरे।

दोस्रो चरणकाे संक्रमण फैलिएपछि सुदूरपश्चिममा पहिलाे पटक संक्रमितको मृत्यु भएको हो।

अस्पतालका अनुसार ती पुरुष चैत २२ गते भारतको गुजरातबाट नेपाल आइपुगेका थिए। परीक्षणमा संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए।

मृतकको शव बुधबार दिउँसो व्यवस्थापन गरिने छ।

सुदूरपश्चिम प्रदेशमा गत चैत २१ गते कोरोना भाइरसको नयाँ प्रकार(भेरियन्ट) को संक्रमण पुष्टि भएको थियो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)