बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकैपटक १ लाख ३ हजार भद्ना बढीमा कोरना संक्रमण


  • माउन्टेन खबर
  • बुधबार, चैत्र २५, २०७७
  • 1.1K
    SHARES

२५ चैत्र, काठमाडौं । छिमेकी भारतमा कोरोनाभाइरसको संक्रमणसँगै मृत्युदर पनि बढेको छ।

मंगलबार भारतमा एक लाख ३ हजार ९ सय ५५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। यो संख्या मंगलबार संसारकै सबैभन्दा धेरै हो।

भारतपछि ब्राजिल र अमेरिकामा संक्रमण धेरै छ।

गत वर्ष सुरू भएको कोरोनाभाइरसको पहिलो लहर चल्दा भारतमा एकैदिन यति धेरै संक्रमित थपिएका थिएनन्।
संक्रमित थपिएसँग भारतमा मृतकको संख्या पनि बढेको छ। पछिल्ला दिनहरूमा दैनिक ५ सयमुनि रहेको मृतकको संख्या मंगलबार बढेर ६ सय नाघेको छ।

टाइम्स अफ इन्डियाका अनुसार मंगलबार भारतभरि ६३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संख्या गत वर्ष नोभेम्बर ५ यताकै सबैभन्दा बढी हो।

भारतमा अहिलेसम्म १ करोड २८ लाख मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख ६६ हजारले ज्यान गुमाएका छन्।

भारतका महाराष्ट्र, गुजरात, राजस्थान, उत्तर प्रदेश, पश्चिम बंगाल, कर्नाटका,मध्य प्रदेश, केरला र बिहार राज्यमा अहिले संक्रमण तीव्र रूपमा फैलिरहेको छ।

कोरोनाको दोस्रो लहर नियन्त्रणभन्दा बाहिर जान थालेपछि महाराष्ट्र र दिल्लीमा रात्रिकालीन कर्फ्यू घोषणा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)