बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाँकेमा थप १३ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २६, २०७७
  • 280
    SHARES

२६ चैत्र, बाँके । बाँकेमा बिहीबार थप १३ जनामा कोरोना संक्रमण देखिएको छ। भारतबाट काम गरेर फर्किएका एकजना र भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा अन्य १२ जनामा कोरोना देखिएको हो।

भारतको गुजरातबाट आएका बाँके बैजनाथ गाउँपालिकाका २१ वर्षीय युवालाई कोरोना पुष्टि भएको छ।

भारतबाट घर फर्किएका नेपालीलाई नेपालगञ्ज नाकामा जाँच गर्ने व्यवस्था मिलाइएको छ। भारतको गुजरात, मुम्बई, दिल्ली लगायत ठाउँबाट आएकालाई विशेष निगरानी गर्ने गरिएको छ।

खेतीपातीको सिजन सुरु हुन थालेकाले नेपालीहरु घर फर्किरहेका छन्।

यता भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नेपालगञ्जका नौ जना, टीकापुर, खजुरा र बैतडीका एक/एक जनामा कोरोना देखिएको हो।

अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा ३५ जनाको परीक्षण गरिएको थियो। बाँकेमा फेरि दैनिकजसो नै कोरोना संक्रमित देखिन थालेका छन्। भेरीले जाँच गरेकोमा अहिलेसम्म ५ हजार ५ सय ७५ जनालाई कोरोना पुष्टि भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)