३१ चैत्र, सुनसरी। धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई दुईपटक कोरोना खोप लगाएको भए पनि संक्रमण भएको पाइएको छ ।
खोपको डोज पूरा गरेको भए पनि डा. गौरीशंकर साहलाई कोरोना देखिएको हो ।
उनले भारत सरकारले दिएको कोभिशिल्ड खोप लगाएका थिए । दुईवटा डोज पूरा गरेका नेपालीमध्ये कोरोना संक्रमण देखिएका उनी पहिलो हुन सक्ने बताइएको छ ।
उनले चैत १७मा दोस्रो डोज खोप लगाएका थिए । उनको परिवारमा कोरोना संक्रमित भएकाले हुनाले त्यहीँबाट नै सरेको हुन सक्ने बताइएको छ ।
