बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रियल म्याड्रिडलाई उछिन्दै बार्सिलोना बन्यो विश्वकै धनी क्लब


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३१, २०७७
  • 792
    SHARES

३१ चैत्र, काठमाडौं। फोर्ब्स पत्रिकाको धनी फुटबल क्लबको सूचीमा चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई उछिन्दै बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । पछिल्लोपटक दुई वर्षअघि जारी भएको सूचीमा रियल शीर्ष स्थानमा रहेको थियो । तर, ४ अर्ब ७६ करोड डलरसहित यसपटक बार्सिलोना शीर्ष स्थानमा पुगेको छ । २ वर्षमा बार्सिलोनाको मूल्यमा १८ प्रतिशतले बृद्धि भएको छ । ४ अर्ब ७५ करोड डलर मूल्यसहित रियल दोस्रो स्थानमा रहेको छ ।

शीर्ष १० स्थानमा ६ वटा इङ्ग्लिस क्लबहरू रहेका छन् । जसमा म्यान्चेस्टर युनाइटेड, लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल र टोटनह्याम रहेका छन् । त्यस्तै, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मेन पनि शीर्ष १० मा अटाएका छन् । यी टोलीमध्ये पीएसजीको सर्वाधिक १२९ प्रतिशतले मूल्यमा बृद्धि भएको छ भने लिभरपुलको ८८ प्रतिशतले बृद्धि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)