बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चितवनमा एक कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३१, २०७७
  • 477
    SHARES

३१ चैत्र, चितवन । चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मंगलबार मृत्यु भएको छ।

निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल पुगेका उनको सोही दिन नमूना परीक्षण गर्दा कारोना सङ्क्रमण पुष्टि भएको थियो।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचाररत उनको मंगलबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो ।

उनको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो।

जिल्लामा हालसम्म ६ हजार ९७९ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। अहिले जिल्लामा ६८ जना सक्रिय सङ्क्रमित छन्। तीमध्ये सात अस्पतालमा र ६१ जना होम आइसोलेशनमा छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)