बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्राराज अस्पतालमा कोरोनाका बिरामी मात्रै भर्ना हुन पाउने


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३१, २०७७
  • 677
    SHARES

३१ चैत्र, काठमाडौं । कोरोनाभाइरस संक्रमितको दर बढ्न थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा संक्रमित बिरामीले मात्रै भर्ना पाउने भएका छन् । अस्पतालमा अन्य बिरामीको चाप बढ्न थालेपछि संक्रमित बिरामीलाई मात्र भर्ना दिने निर्णय गरेको अस्पताल निर्देशक डा.सागर राजभण्डारीले बताए । अस्पतालमा अन्य सरुवा रोगको उपचार निरन्तर सञ्चालन हुने उनले बताए ।

अन्य सरुवा रोगी भर्ना हुनैपर्ने अवस्थामा आए वीर र पाटन अस्पतालमा व्यवस्थापन गरिने अस्पतालले जनाएको छ । अहिले अस्पतालमा १८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये ११ जना आइसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)