बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाँकेमा एक कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २, २०७८
  • 301
    SHARES

२ बैशाख, बाँके । कोरोना भाइरसबाट संक्रमित भएका बाँकेको खजुराका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको बुधबार राति १० बजे मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार स्वास्थ्यमा समस्या भएपछि बुधबार नै मेडिकल कलेजमा ल्याइएको थियो । सोही दिन उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बाँकेमा केही दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । फोकलपर्सन वलीले पछिल्लो सात दिनमा ३ सय ६६ जना संक्रमित थपिएको जानकारी दिए । त्यसमा ६२ महिला र ६१ जना पुरुष छन् ।

भेरी अस्पतालको जाँचमा बुधबार ७५ जना, मंगलबार ५९ जना, सोमबार ४१ जना, आइतबार ८ जना, शनिबार २१ जना कोरोना संक्रमित थपिएका थिए । कोरोना संक्रमित बढिरहदा भेरी अस्पतालमा राख्ने ठाउँको अभाव भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)