बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालगञ्जमा सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २, २०७८
  • 435
    SHARES

२ चैत्र, बाँके । कोरोना भाइरसको संक्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आइतबारदेखि उपमहानगरपालिका भित्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेको भन्दै उप महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

‘संक्रमण उच्च भयो । त्यसकारण एक साता सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरियो’, उपप्रमुख थापाले भन्नुभयो, ‘स्वास्थ्यमा खेलबाड गर्न उपयुक्त ठानिएन ।’

बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय पनि गरेको छ ।
आजै स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका विद्यालयमा नजान आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)