बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विद्यार्थीमा संक्रमण भेटिए एक हप्ता विद्यालय बन्द गर्न महानगरको आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ३, २०७८
  • 404
    SHARES

३ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले कुनापानी विद्यालयमा कोरोना संक्रमित भेटीए विद्यालयहरु एक हप्ताका लागि बन्द गर्न अनुरोध गरेको छ।

शुक्रबार नगरपालिकाको शिक्षा विभागले महानगरभित्रका विद्यालयहरूलाई एक पत्र पठाउँदै कोरोना संक्रमित भएका विद्यालय बन्द गर्न आग्रह गरेको हो।

त्यस्तै पत्रमा विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट भएपनि पढाइ सुचारु गर्न आग्रह गरेको छ।

कोरोना संक्रमित नभएको विद्यालयमा कोरोनाविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न पत्रमा भनिएको छ।

‘कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण भएको पाइएमा उक्त विद्यालय अर्को सूचना नभएसम्म कम्तीमा एक हप्ता बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्नु गराउनु हुन र त्यस्तो अवस्था नभएका विद्यालयहरूले सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुन पानीले राम्रोसँग हात धुने/ सेनिटाइजरको प्रयोग गर्ने लगायतका मापदण्डहरूको कडाइका साथ पालना गरी अभिभावकहरू समेतको सहमतिमा विद्यालय सञ्चालन गर्नु/गराउनुहुन अनुरोध छ,’ महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)