बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप १२ सय ८१ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • सोमवार, बैशाख ६, २०७८
  • 989
    SHARES

६ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७००१ जनामा गरिएको पीसीआर परीक्षणमा १२२७ र ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १२८१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको छ । सक्रिय संक्रमितको संख्या ७२५४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २५५ रहेको छ । कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३४ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।

त्यस्तै रुपन्देहीमा ८८ जना, कञ्चनपुरमा ६३ जना, कास्कीमा ५२, पर्सामा ५१, बाँकेमा ५० जना, मोरङमा ३१, चितवनमा २३, कपिलवस्तुमा १६ जना, झापामा १५, पाल्पामा १४ जना, सुनसरी र बारामा १२/१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)