बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हेटौडामा एक वृद्ध कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ८, २०७८
  • 398
    SHARES

८ बैशाख, मकवानपुर । मकवानपुरमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर–४ का ७४ वर्षीय वृद्ध रहेका छन् ।

उनलाई केही दिन अघि कोरोनाको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै होम आइसोलेशनमा बस्दै आएका बृद्धको आज विहान आफ्नै निवासमा मृत्यु भएका हेटौंडा उपमहानगरपालिकाका जन स्वास्थ्य अधिकृत भोला प्रसाद चौलागाईंले जानकारी दिनुभयो।

चौलागाईंका अनुसार उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि कोरोनाको जोखिम उच्च देखिएको छ । मकवानपुरमा पनि कोरोना संक्रमितको संख्या बृद्धि हुने क्रम तिव्र रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)