बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्सामा न्यायाधिशसहित ८८ जनामा देखियो कोरोना संक्रमण


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ९, २०७८
  • 432
    SHARES

९ बैशाख, पर्सा । वीरगञ्जमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश पनि छन् ।

१ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा दुई जना न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

उच्च अदालतका अन्य १२ जना कर्मचारीमा समेत संक्रमण देखिएको छ । बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शंकास्पद व्यक्तिहरुको स्वाबको नमुना परीक्षण गरिएको थियो । संक्रमितमध्ये २४ जना महिला छन् ।

पर्साका ७९, बाराका ७ तथा रौतहट र रुकुमका १÷१ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । पर्साका ७९ संक्रमितमध्ये ७६ जना वीरगञ्जका र ३ जना बहुदरमाई नगरपालिकाका छन् ।

४ देखि ७८ वर्षका संक्रमितको सिटी भ्यालु १४ देखि ३४ रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)