बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालगञ्जमा आजमात्रै थपिए २ सय ४ जना संक्रमित


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ९, २०७८
  • 530
    SHARES

९ बैशाख, बाँके। नेपालगञ्जमा बिहीबार बिहान १० बजेसम्म २ सय ४ जना संक्रमित थपिएका छन् ।

भेरी अस्पताल, नेपालगञ्जका अनुसरा ३ सय ५० जनाको पीसीआर परिक्षण गर्दा २ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
दैनिक ठूलो संख्यामा कोरोना भाइरस संक्रमित थप भइरहेपछि बुधबार राती १२ बजेदेखि नेपालगञ्जमा लकडाउन गरिएको छ । अत्यावश्यक कामबाहेक हिड्डुल बन्द गरिएको छ । लकडाउनले गर्दा नेपालगञ्जका बजार पूर्णरुपमा बन्द छन् ।

भारतबाट आउने नेपालीलाई नाकाबाट नगरबसले बसपार्कमा ल्याउने र त्यहाँबाट सम्बन्धित गन्तब्यतिर पठाउने व्यवस्था गरिएको छ ।

भारतको दिल्ली, मुम्बई, गुजरातमा कोरोना अत्याधिक बढेपछि त्यहाँ रहेका नेपालीहरु धमाधम घर फर्किरहेका छन् । नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज विष्णु गिरीका अनुसार दैनिक ५ हजार नेपाली घर फर्किरहेको बताए ।

यस्तै नेपालगञ्ज मेडिकल कलेजमा ८६ वर्षीय महिलाको मृत्यु भएको छ । बैसाख ७ गते पीसीआर जाँच गरिएकी महिलाको ८ गते रिपोर्ट पोजिटिभ आएको थियो । उनको बिहिबा। बिहान सबा २ बजे मृत्यु भएको छ । कोरोनाबाट अहिलेसम्म बाँकेमा ६७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)