बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एकैदिन थपिए २४२८ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ९, २०७८
  • 290
    SHARES

९ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । यस्तै काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।

देशभर ८१ जना क्वारेन्टाइनमा छन् भने १२ हजार ६ सय ९० जना संक्रिय कोरोना संक्रमित रहेका छन् ।

यससँगै हाल देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । बिहीबार मात्रै २५२ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)