बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना महामारीसँग जुधिरहेको भारतलाई सहयोग गर्न पाकिस्तान तयार


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १३, २०७८
  • 545
    SHARES

१३ बैशाख, काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरमा महामारीका कारण अति प्रभावित भएको भारतलाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गर्न पाकिस्तान तयार पाकिस्तानी अधिकारीले बताएका छन् ।

पाकिस्तानको विदेश मन्त्रालयले हिजो एक वक्तव्य जारी गरी पाकिस्तान भारतीय नागरिकलाई सहयोगका लागि तयार रहेको जानकारी दिएको हो ।

“महामारीको यो सङ्कटका बेला हामी भारतका नागरिकको साथमा छौँ । पाकिस्तान सहयोग स्वरुप भारतलाई भेन्टिलेटर, बाइपेप मेसिन, डिजिटल एक्स-रे मेसिन, पिपिई किट र अत्यावश्यक स्वास्थ्य सामग्री दिन चाहन्छ ।”

पाकिस्तानका विदेश मन्त्री शाह महमूद कूरेशीले आफ्नो आधिकारिक ट्वीटरमा गरेको पोस्टमा भनिएको छ, “पाकिस्तान मानवतालाई प्राथमिकता दिने नीतिमा विश्वास गर्छ ।”

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि भारतका नागरिकप्रति सहानुभूति व्यक्त गर्दै भन्नुभएको छ, “छिमेकी तथा विश्वभर घातक भाइरसका कारण समस्या भोगीरहेकाहरुको शीघ्र स्वास्थ्य लाभका लागि पाकिस्तान प्रार्थना गर्दछ ।”

यसैगरी युरोपेली संघ र अमेरिकाले पनि भारतमा देखिएको महामारीलाई कम गर्न आवश्यक सहयोग गर्न उनीहरू तयार रहेको आइतबार बताएका छन् ।

कोरोना भाइरसको महामारी विश्वकै सङ्कट रहेकाले सम्पूर्ण मानव समुदाय मिलेर जुध्नु पर्छ । यसैबिच गएको शुक्रबार विश्व स्वास्थ्य संगठनले भारतमा महामारी तीव्र रुपमा बढिरहेको र त्यो अति चिन्ताको विषय रहेको बताएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)