बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जापानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १४, २०७८
  • 618
    SHARES

१४ बैशाख, काठमाडौं । जापानमा त्यहाँको सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरिएको तथ्याँकमा यहाँका सङ्क्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको बताइएको छ । यहाँ सङ्क्रमणको घोषणा गरेपछिको दोस्रो दिनमै सोमबार मात्र यहाँ कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या झन धेरै देखिएको बताइएको थियो ।

यहाँ अहिलेसम्ममा पाँच लाख ६६ हजार जना भन्दा बढी नागरिक सङ्क्रमित भएका बताइएको छ । यहाँका अधिकारीहरुले पछिल्ला केही हप्तामा जापानमा सङ्क्रमण हुने र मृत्यु हुने दर बढिरहेको पनि बताएका छन् । जापानका स्वास्थ्यमन्त्री र स्थानीय सरकारका अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार आजसम्ममा यहाँ यो सङ्क्रमणबाट मृत्यु हुने दश हजार जना पुगेका छन् ।

जापानको राजधानी टोकियो र त्यसपछि यहाँका पश्चिमी प्रान्तहरु शहरहरु ओसाका, क्योटो र ह्योगोमा यहाँका प्रधानमन्त्री याशिहिदे सुगाले आइतबार संकटकालको घोषणा गर्नुभएको थियो । सो सङ्कटकालपछि यहाँ सोमबार मात्र कम्तीमा ३ हजार ३०० जना जतिमा यो संक्रमण देखिएको बताइएको छ ।

राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको हो । यहाँ कोरोना विरुद्धको खोपको काम भने निकै ढिला भएको बताइएको छ । यहाँका अधिकारीहरुले कोरानाको खोप दिन ढिला गरिरहेकोले आलोचना पनि भइरहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)