बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भयावह बन्दै भारत: एकैपटक ३ लाख ६२ हजार भन्दा बढीमा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १५, २०७८
  • 415
    SHARES

१५ बैशाख, काठमाडौं । भारतमा मंगलबार ३ लाख ६२ हजार ७८७ जनामा कोरोना संक्रमण पाइएको छ । सोमबार नयाँ संक्रमितको संख्यामा केही गिरावट रहे पनि मंगलबार यो संख्याले रफ्तार लिएको हो ।

मंगलबार कोरोना संक्रमणका कारण भारतमा ३ हजार २८५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये धेरैजसो महाराष्ट्रका छन् ।

महाराष्ट्रमा मात्र ८९५ जनाको मृत्यु भएको छ । यस्तै दिल्लीमा ३८१, उत्तरप्रदेशमा २६४, छत्तीसगढमा २४६, कर्नाटकमा १८०, गुजरातमा १७० र झारखण्डमा १३१ जनाको मृत्यु भएको छ ।

भारतमा मंगलबारसम्म कुल संक्रमितको संख्या एक करोड ७९ लाख ८८ हजार ६३७ पुगेको छ । कोरोना संक्रमणका कारण भारतमा हालसम्म दुई लाख एक हजार १६५ जनाको मृत्यु भएको छ ।

संक्रमण भएर उपचाररत बिरामीको संख्या २९ लाख ७२ हजार १०६ रहेको र निको हुने दर ८२.५४ प्रतिशत रहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)