बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नियन्त्रणभन्दा बाहिर जादैँ कोरोना : भारतमा एकैदिन ४ लाख १२ हजारभन्दा बढी संक्रमित भेटिए


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २३, २०७८
  • 621
    SHARES

२३ बैशाख, काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहर नियन्त्रण बाहिर हुँदै गइरहेको देखिएको छ । यहाँ बुधबार रेकर्ड ४ लाख १२ हजार ३७३ संक्रमित भेटिएका छन् । यो एक दिनमा भेटिएको संक्रमितको सबैभन्दा धेरै संख्या हो । नयाँ संक्रमितका साथै मृत्युदरमा पनि वृद्धि हुन थालेपछि मानिसहरु चिन्तामा पर्न थालेका छन् ।

बुधबार १४,२७४ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । यीमध्ये ३,९७९ मृत्यु भारतमा मात्रै भएको छ । अर्थात् संसारभरी महामारीका कारण भएको हरेक चौथो मृत्यु भारतमा भइरहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा यहाँ ३ लाख ३० हजार ५२५ मानिसहरु कोरोनामुक्त भएका छन् ।

भारतमा कोरोना महामारीको आँकडाः

– पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः ४ लाख १२ हजार

– पछिल्लो २४ घण्टामा भएको कूल मृत्युः ३,९७९

– पछिल्लो २४ घण्टामा निको भएकाः ३.३० लाख

– हालसम्म संक्रमित भएकाः २.१० करोड

– हालसम्म निको भएकाः १.७२ करोड

– हालसम्म कूल मृत्युः २.३० लाख

– हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३५.६२ लाख

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)