मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उदयपुरमा आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २४, २०७८
  • 777
    SHARES

उदयपुर, २४ वैशाख 
दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै जान थालेपछि जिल्लावासी जनताको हितलाई ध्यानमा राखेर उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा जारी भएपछि प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म मात्र निश्चित दैनिक उपभोग्य वस्तुको पसल खुल्ने र बाँकी समय सबै पसल बन्द गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले एम्बुलेन्स, प्रहरी, सुरक्षाकर्मीको सवारी साधनबाहेक अन्य सबै सम्पूर्ण सवारी साधनसमेत सञ्चालनमा रोक लगाइएको बताउनुभयो । पत्रकार तथा सञ्चारकर्मीले भने सूचना विभागको परिचयपत्र वा सम्बन्धित मिडियाहाउसको परिचयपत्र लिएर समाचार सङ्कलनमा निस्कन सक्नेछन् भने विवाह १५ जनासम्म जन्ती भेला हुन पाइनेछ ।

बिहीबार प्रजिअसहित सुरक्षा प्रमुख, राजनीतिक दल, स्थानीय पालिकाका जनप्रतिनिधिसहित बसेको डिसीसीएमसीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)