बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिवि शिक्षण अस्पताललाई भेन्टिलेटर सहयोग


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २५, २०७८
  • 749
    SHARES

काठमाडौं,२५ बैशाख
काठमाण्डौ महानगरपालिकाकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग उपलब्ध गराएको छ ।

भेन्टिलेटरको अभावमा कोभिड संक्रमितको उपचारका लागि समस्या परेको समाचार आईरहेका बेला महानगरले १० वटा भेन्टिलेटर सहयोग गरेको हो । महानगरका मेयर विद्या सुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर ३ का अध्यक्ष सनिबार अस्पताल परिसर पुगी भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर शाक्यले अदृश्य शक्तिको रुपमा अगाडि आएको कोभिड १९ विरुद्ध लडाईमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कोभिड महामारी तिब्र रुपमा विस्तार हुदै गएर विरामीको उपचारमा नै समस्या देखिन थालेपनि महानगरले विकास निर्माण भन्दापनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग गर्ने नीति लिएको स्पष्ट पार्नुभयोे । उहाँले अहिले महानगर मानव जीवन बचाउने दायित्वको पुरा गर्ने काममा लागेको उल्लेख गर्दै कुनै पनि किसिमको समस्या परेमा महानगरलाई सम्झीन पनि अनुरोध गर्नुभयो । उहाँले सबै विकास निर्माणको काम थाँती राखेर भएपनि महानगर जीवन रक्षाका लागि लागिरहने प्रतिवद्धता जनाउनु हो । उहाँले अन्य अस्पतालमा पनि समस्या भए वा स्वास्थ्य सेवामा प्रभाव परेको जानकारी पाए त्यस्ता अस्पतालसंग पनि महानगर सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “अहिले हाम्रो प्राथमिकता भनेको विकास निर्माण भन्दापनि अस्पतालको क्षमता वृद्धिका लागि सहयोग, सहकार्य गर्ने रहेको छ । आज हामीले १० वटा भेन्टिलेटर प्रदान गरेका छौ । अन्य अस्पतालहरुलाई पनि भनिरहेका छौ महानगरले केही सहयोग गरेर ज्यान बचाउन सकिन्छ भने त्यता लागौ भनेका छौ । हामीले सरकारी र सामुदायिक अस्पतालहरुलाई हामीले सहयोग गरिरहेका छौ । उनीहरुको सम्पर्कमा छौ । यो बाहेक कुनै पनि सहयोग तत्काल चाहियो भने काठमाण्डौ महानगरपालिका पनि एउटा सहयोगी संस्थाको रुपमा बुझिदिन म अनुरोध गर्दछु । ”

विरामी भएर कोही पनि अस्पताल आउन नपरोस् भन्ने चाहाना महानगरको भएपनि अस्पतालहरुमा विरामीहरुको चाप बढेको उल्लेख गर्दै उहाँले आफ्नो स्वास्थ्य र परिवार नभनिकन सिंगो देशलाई परिवार ठानेर विरामीको सेवामा लागेका स्वास्थ्यकर्मीको कामको प्रसंम्सा गर्नुभयो । उहाँले महामारीमा विरामीको उपचारका लागि विभिन्न भूमिकामा खटिने सबैलाई महानगरपालिाको तर्फबाट धन्यवाद पनि दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)