शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकैदिन कोरोना संक्रमणबाट ४०९१ जनाले ज्यान गुमाए, ४लाख भन्दा धेरै संक्रमित थपिए


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २६, २०७८
  • 680
    SHARES

२६ बैशाख, काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा ४ लाखभन्दा बढी संक्रमित भेटिएका छन् । नयाँ संक्रमितसँगै मृत्युको बढ्दो आँकडा पनि चिन्ताको विषय बनेको छ । शनिबार भारतमा ४,०९१ कोरोना संक्रमितको ज्यान गएको छ । यद्यपि, राहतको कुरा के छ भने पछिल्लो २४ घण्टामा ३ लाख ८६ हजार २०७ जनाले कोरोना जितेका छन् । यो एकदिन निको हुनेहरुको सबैभन्दा ठूलो आँकडा हो ।

भारतमा कोरोना महामारी आँकडामाः

पछिल्लो २४ घण्टामा कूल देखिएका संक्रमितः ४.०३ लाख

पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,०९१

पछिल्लो २४ घण्टामा निको भएकाः ३.८६ लाख

हालसम्म कूल संक्रमित भइसकेकाः २.२२ करोड

हालसम्म निको भएकाः १.८३ करोड

हालसम्म कूल मृत्युः २.३४ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३७.३२ लाख

लगातार आठौं दिन ३ लाखभन्दा बढी बिरामी निको भएः

निको हुने बिरामीको कुरा गर्नुपर्दा भारतमा १ मेदेखि लगातार ३ लाखभन्दा बढी बिरामी निको भइरहेका छन् । कोभिड१९इन्डिया डट ओआरजीको आँकडा अनुसार १ मेदेखि ३.०८ लाख, २ मेमा ३ लाख, ३ मे मा ३.१८ लाख, ४ मा ३.३७ लाख, ५ मेमा ३.३० लाख, ६ मेमा ३.२८ लाख, ७ मेमा ३.२७ लाख र ८ मेमा रेकर्ड ३.८६ लाख बिरामी निको भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)