२६ बैशाख, सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ।
प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलका अनुसार शनिबार राती १० बजेर १५ मिनेटमा ५० वर्षीय पुरुषको मृत्यु भएको हो। उनका अनुसार मोरङस्थित ग्रामथान ५ का पुरुषमा वैशाख १७ गते कोरोना भाइरस कोभिड १९ पोजेटिभ भएको थियो।
स्वास्थ्य अवस्थामा समस्या भएपछि उनी वैशाख १५ गते नै प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना भएका थिए।
उहाँका अनुसार हालसम्म प्रतिष्ठानमा १ सय ३९ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
प्रतिष्ठानबाट ९ सय ९९ जना संक्रमित निको भएर डिस्चार्ज भएको बताउँदै उनले १ हजार ३ सय ३८ जना संक्रमित उपचारका लागि भर्ना भएको जानकरी दिनुभयो ।
