शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना भाइरसको भारतीय भेरियन्ट ‘विश्वव्यापी चासो’: डब्लुएचओ


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २८, २०७८
  • 894
    SHARES

२८ बैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको भारतीय भेरियन्टलाई ‘विश्वव्यापी चासोको भेरियन्ट’ का रुपमा सूचिकृत गरेको छ।

भारतीय भेरियन्ट (बी १६१७) को कोरोना भाइरस अरु भेरियन्टहरु भन्दा तीव्र गतिमा फैलिने प्रारम्भिक अनुसन्धानहरुमा देखिएको र थप अध्ययनको खाँचो रहेको डब्लुएचओले जनाएको छ।

डब्लुएचओका अनुसार कोरोना भाइरसको भारतीय भेरियन्ट विश्वका ३० भन्दा बढि देशमा फैलिइसकेको छ। बेलायत, दक्षिण अफ्रिका र ब्राजिलमा भेटिएका कोरोना भाइरसका म्युटेन्ट भेरियन्टहरुलाई डब्लुएचओले यसअघि नै ‘विश्वव्यापी चासोको भेरियन्ट’ सूचिमा राखेको थियो।

भारत सरकारले हालै मात्र कोरोना भाइरसको बी १६१७ भेरियन्ट पछिल्लो पटक संक्रमण गम्भीर बन्नुमा कारक रहेको हुन सक्ने स्वीकार गरेको थियो। तर पूर्ण सम्बन्ध स्थापित गर्न थप अनुसन्धानको खाँचो रहेको बताएको छ।

अहिले भारत विश्वव्यापी महामारीको इपिसेन्टर बनेको छ। भारतमा दैनिक चार लाखको हाराहारीमा नयाँ संक्रमित थपिने गरेका छन्। यस्तै कोभिड–१९ बाट झण्डै चार हजार मानिसको दैनिक मृत्यु हुने गरेको छ।

तर विज्ञहरु भारतमा संक्रमित र मृत्यु हुनेको वास्तविक संख्या सरकारी आँकडामा दिइए भन्दा निकै धेरै रहेको बताउँछन्। भारतमा अहिलेसम्म कुल जनसंख्याको २.५ प्रतिशतले मात्रै खोपको पूर्ण मात्रा लगाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)