शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टेकु अस्पतालले केही समय पीसीआर परीक्षण नगर्ने


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २८, २०७८
  • 615
    SHARES

२८ बैशाख, काठमाडौं । शुक्रराज ट्रपिकल अस्पताल (टेकु)ले तत्कालका लागि पीसीआर परीक्षण स्थगित गरेको छ। मंगलबार एक सुचना निकाल्दै अस्पताल प्रशासनले विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको जानकारी दिएको हो।

सुचनामा भनिएको छ,विशेष कारणवस अर्को व्यवस्था नभएसम्मका लागि अस्पतालले गर्दै आएको पीसीआर परीक्षण हाललाई स्थगन गरिएको छ’, अस्पतालले यसबाट आमसर्वसाधारणमा पर्न गएको असुविधा प्रति क्षमा मागेको छ।

अस्पताल प्रशासन स्रोतका अनुसार प्रयोगशालाका लागि आवश्यक सामाग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको हो ।
यसैबीच, संघीय राजधानी काठमाण्डौकै अस्पतालमा पनि विरामीहरुले बेड नपाएर अस्पताल बाहिर बस्नु परेको छ । कोभिड संक्रमण भई अक्सिजन दिनुपर्ने विरामीहरु शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको गेट बाहिर बसेर उपचार गराउन बाध्य भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)