शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बुटवलमा थप १० संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २८, २०७८
  • 798
    SHARES

२८ बैशाख, रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालमा संक्रमणबाट थप दश जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ती सबैको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेहरुमा आठ जना पुरुष र दुई महिला हुनुहुन्छ ।

अक्सिजनको अभाव झेलिरहेको यो अस्पतालमा संक्रमितहरुको चाप झन बढिरहेको छ । सूचना अधिकारी डा.गौतमका अनुसार रुपन्देहीकी ५१ वर्षीया महिला,प्युठानको गौमुखी ७ का ५० वर्षीय पुरुष, कपिलवस्तुको बुद्धभूमि–१ का ४० वर्षीय पुरुष,रुपन्देहीको बुटवल ११ का ३६ वर्षीय पुरुष,बुटवलका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।

त्यसैगरी रुपन्देहीको कञ्चन गाउँपालिका–४ की ३६ वर्षीया महिला, बुटवल १७ का ७८ वर्षीय पुरुष, बुटवल–१२ का ६३ वर्षीय पुरुष,रूपन्देहीको सैनामैना–३ का ४२ वर्षीय पुरुष, कपिलवस्तुको चन्द्रौटा–७ का ३३ वर्षीय पुरुषको मृत्यु भएको उहाँले जानकारी गराउनुभयो ।

संक्रमणसँगै धेरै जसोमा स्वास प्रश्वासमा समस्या र निमोनिया रहेको अस्पतालले जनाएको छ । योसँगै संक्रमणबाट रुपन्देहीमा मृत्यु हुनेहरुको संख्या २८५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)