शुक्रबार, साउन २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकैदिन ३ लाख ५५ हजार संक्रमित निको भए


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख २८, २०७८
  • 994
    SHARES

२८ बैशाख, काठमाडौं । भारतमा सोमबार ३ लाख २९ हजार ३७९ नयाँ संक्रमितको पहिचान भएको छ तर ३.५५ लाख संक्रमित निको पनि भएका छन् । ६२ दिनपछि नयाँ बिरामीभन्दा निको हुने बिरामी बढी देखिएको हो । यसअघि ९ मार्चमा १७,८७३ कोरोना पोजेटिभ बिरामीको पहिचान भएको थियो र २०,६४३ जना निको भएका थिए ।

राहतको खबर यो पनि हो कि सोमबार भेटिएका नयाँ संक्रमितको संख्या पछिल्लो १५ दिनमा सबैभन्दा कम हो । यसअघि २६ अप्रिलमा ३.१९ लाख संक्रमित देखिएका थिए । पछिल्लो २४ घण्टामा ३,८७७ मानिसहरुले यो महामारीमा ज्यान गुमाए । यसका साथै सक्रिय संक्रमितमा ३०,४१२ जना कमी भएको छ ।

देशमा कोरोना महामारी आँकडामाः

पछिल्लो २४ घण्टामा कूल भेटिएका नयाँ संक्रमितः ३.२९ लाख

पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,८७७

पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.५५ लाख

हालसम्म संक्रमित भइसकेकाः २.२९ करोड

हालसम्म निको भइसकेकाः १.९० करोड

हालसम्म कूल मृत्युः २.५० लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३७.१० लाख​

भारतमा कोरोनाका कारण ज्यान गुमाउने संख्या २.५ लाख पार

भारतमा कोरोनाका कारण मृत्यु हुनेको आँकडा २.५ लाख पार भइसकेको छ । भारतमा कोरोनाका कारण १२ मार्च २०२० मा पहिलो मृत्यु दर्ता गरिएको थियो । त्यसपछि ५० हजारको आँकडा पार हुनमा १५६ दिन लागेको थियो । तर अन्तिम ५० हजार मानिसहरुको मृत्यु १३ दिनमा नै मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)